सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ ।

बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवं आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने निर्णय गरेको हो । 

आज भएको छलफलमा विदेशस्थित नियोगलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । 

‘भिसालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाइँमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘यसले विदेशी विद्यार्थी नेपाल आएर पढ्ने वातावरण बन्छ ।’

छलफलमा मन्त्री पौडेलले नयाँ विषयको आवश्यकता फरक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताए  ।

छलफलमा सहभागीले नविकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिर्वतन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिर्वतन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेको बताएका थिए । 





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार २०:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया