पुनरागमन जित निकाल्दै मुरे युएस ओपनको तेस्रो चरणमा

बेलायती स्टार एन्डी मुरे युएस ओपनकाे तेस्रो चरणमा प्रवेश गेका छन् । उनी दोस्रो चरणअन्तर्गत गएराति भएकाे खेलमा अमेरिकी खेलाडी इमिलियाे नाभालाई ३–१ काे सेटले पराजित गर्दै तेस्रो चरण प्रवेश गरेका हुन् ।

आर्थर एस स्टेडियममा पहिलाे सेट ५–७ ले गुमाए पनि मुरेले उत्कृष्ट  पुनरागमन गर्दै त्यसपछिका सेट ६–३ , ६–१ र ६–० ले जित्दै खेल आफ्नो पक्षमा पारे ।

मुरेले तेस्रो चरणमा इटालीका माटियाे बेरेटिनीकाे सामना गर्नेछन् । बेरेटिनी ह्युगो ग्रेनियरलाई २–६, ६–१, ७–६ (७–४), ७–६ (९–७) ले पराजित गर्दै तेस्रो  चरणमा प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ८:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया