logo-img

विकाइ पण्डित बनाउँछन् - माटोका ‘भगवान’ [फोटो कथा]

सर्लाही मलंगवाका विकाइ पण्डितको दिनचर्या ललितपुरको कुपण्डोल घुसिंगाल चोक छेउमै बित्छ । उनी आफू १५ वर्षको हुँदादेखि गर्दै आएको माटोको मूर्ति बनाउँने काम अहिले पनि गर्दै आएका छन् । उमेरले ५७ पुगेका पण्डित दशकौदेखि माटोको मूर्ति बनाउँदै आएका हुन् ।

सर्लाहीबाट ललितपुर पुगेका पण्डितले अहिले पनि आफ्नो पुर्खौली पेसालाई निरन्तरता दिइरहेका हुन् । पण्डितको सिप र मिहेनतले माटोका ‘भगवान’ मात्रै बनेका छैनन् उनले राम्रो आम्दानी पनि गर्दै आएका छन् ।

आउँदो असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि अहिले मूर्ति तयार हुँदै छन् । विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापित गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रीतिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । त्यसैको लागि पण्डितसहित उनका कालिगड हरूलाई मूर्ति बनाउन भ्याइनभ्याइ छ।

अहिले विश्वकर्मा र दुर्गा भवानीको मूर्ति गरिरहेका पण्डितले चाडबाड अनुसार दसैँलाई दुर्गाको, सरस्वती पूजालाई सरस्वतीको लगायतका मूर्ति बनाउँदै आएका छन् । विश्वकर्मा पूजालाई लक्षित गरेर दुई सय सम्म मूर्ति निर्माण गरिरहेका पण्डितसहित उनका कालिगड हरूलाई सामान्यतया मूर्तिको प्रकार हेरेर एक मूर्ति बनाउन एक दिन देखि करिब तीन हप्तासम्म समय लाग्ने गरेको छ ।



विश्वकर्माको मूर्ति सात हजारदेखि १ लाख रुपैयाँसम्म मूल्यको निर्माण भइरहेको पण्डितले बताए । मूर्ति बेचेर एक सिजनमा झण्डै दुई लाखसम्मको कमाइ हुने पण्डितले बताए । मूर्ति आफूले तयार पारे पनि सिँगार्न भने भारतबाट नै कालिगड झिकाउनु परेको उनी बताउँछन् । दक्ष कालिगडको अभाव रहेको बताउने पण्डितले बजारको भने अभाव नरहेको बताए ।  

 



  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १४:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया