प्रिमियर लिगमा आज ८ खेल, ठूला क्लब मैदान उत्रिंदै

इंग्लिस प्रिमियर लिगमा आज एकै दिन ८ खेल हुँदैछन् ।

आज म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, टोटेनहमजस्ता ठूला क्लब आ-आफ्नो खेलका लागि मैदान उत्रिनेछन् ।

नेपाली समयानुसार आज साँझ सवा पाँचमा सुरु हुने पहिलो खेलमा लिभरपुलले गुडिसन पार्कमा घरेलु टाेली एभर्टनको सामना गर्नेछ ।

राति पाैने ८ बजे एकैसाथ ६ खेल हुनेछन् । चेल्सी घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा वेस्ट ह्याम युनाइटेडसँग भिड्नेछ ।

टोटेनहमले घरेलु मैदान टाेटेनहम हाेटस्पुर स्टेडियममन फुलहमसँग खेल्नेछ ।

लिड्सले जिटेक कम्युनिटी स्टेडियममा घरेलु टाेली ब्रेन्टफोर्डकाे सामना गर्दा न्युकासल युनाइटेडले घरेलु मैदान सेन्ट जेम्स पार्कमा क्रिस्टल प्यालेससँग खेल्नेछ ।



उल्भ्स घरेलु मैदानमा मोलिनक्स स्टेडियममा साउथह्याम्पटनसँग भिड्दा र नटिङ्घम फरेस्टले पनि घरेलु मैदान सिटी ग्राउण्डमा बर्नमाउथको सामना गर्नेछ ।

त्यस्तै, राति सवा १० बजे सुरु हुने आजको अन्तिम खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले भिल्ला पार्कमा घरेलु टाेली एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।



  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १४:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया