कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ ।

बोर्डको सूचनाअनुसार असोज ३० मा आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको एक विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरहरूमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।

त्यस्तै, असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूहले परीक्षा दिने नियममध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ ।   





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ७:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया