हतार गरेर महानगरका समस्याको समाधान र व्यवस्थापनबाट अन्यत्र मोडिन तयार छैनौँ : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूहरू १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरूसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् । 

काठमाडौं महानगरपालिकाको मेयरको रूपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् । 

‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ । तर, हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ,’ बालेनले भनेका छन् । 





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ९:२७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया