तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । 

योसँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार ११:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया