त्रिभुवन विश्वविद्यालयको समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नुपर्छ : भीमसेनदास प्रधान

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले त्रिभुवन विश्वविद्यालयको समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको पहिलो बैठकमा उनले त्रिविको समस्याको राजनीतिक तहबाट समाधान खोज्नुपर्ने बताएका हुन् । 

विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक आस्थाका आधारमा नियुक्त हुने र राजनीतिक पूर्वाग्रह राखेर काम गर्न खोज्दा समस्या देखिएको उनले बताए । भागबन्डामा आधारमा पदाधिकारी नियुक्त गर्दा विश्वविद्यालयको गरिमा खस्किएको उनको भनाइ छ । 

पदाधिकारीले आफ्नो पक्षलाई पोस्ने र अर्को पक्षलाई लखेट्ने गरेको हुँदा प्राध्यापक र पदाधिकारीबीचमा पनि द्वन्द्व देखिएको उनले औँल्याए । विश्वविद्यालयको गरिमा बचाउन भागबन्डाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए । 
 





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १७:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया