बझाङका तीनसहित २१ जनालाई कर्णाली लोकसेवा आयोगले गर्‍यो कारबाही
फाइल तस्वीर

कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत २१ जेठमा लिएको परीक्षामा बदमासी गर्ने बझाङका तीन जना र बैतडीका एक जनासहित २१ जनालाई कारबाही गरेको छ ।

कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा उत्तरपुस्तिकामा आफ्नो नाम र फोन नम्बर लेख्ने बझाङका तीन जना र बैतडीका एक जनासहित २१ जना परिक्षार्थी कारबाहीमा परेका हुन् । 

आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २९ जेठमा परीक्षा सञ्चालन गरेको थियो ।

२० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोगले जनाएको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशको बझाङको थलारा गाउँपालिका ६ का रामबहादुर चौहान मल्ल, केदारस्यूँ गाउँपालिका ६ का डम्बरबहादुर धामी, वित्थडचिर गाउँपालिका ८ का नरेन्द्र अवस्थी, बैतडीका प्रदिप भट्ट, डडेल्धुराका भुवनचन्द्र जोशी, सुरेश ताम्राकार र कैलालीका राहुल कठरियालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।

सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका-१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका थिए । शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।

त्यसैगरी अन्य १३ जनालाई पनि १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार २०:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया