केन्याविरुद्ध अन्तिम वानडे खेल्दै नेपाल, नजर सिरिज क्लिन स्विपमा

नेपालले आज घरेलु टोली केन्याविरुद्ध एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल खेल्दैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । यसअघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउने प्रयासमा छ  ।

यसअघि नेपाल ७ विकेट तथा १७ रनले विजयी भएको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ ।

नेपालले यसअघि केन्याविरुद्ध ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । 





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ७:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया