logo-img

झिंगेदाउ हेर्न चितवन पुगेकी आँचल शर्मा दर्शकबाट यसरी घेरिइन् (फोटो फिचर)

आँचल शर्मासहितको अभियनय रहेको चलचित्र झिंगेदाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगेदाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् । 

चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो । 

चितवनका दुवै हलमा झिंगेदाउको सो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् । 

हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घेरा हालेका थिए । उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए । 

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगेदाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय छ ।

 





 

 

 

 

  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १७:४६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया