logo-img

राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए । 

प्रतिनिधिसभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भूमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने उनले बताए । प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्ताव दुवै सदनको दुईतिहाइले पास वा फेल गराउनुपर्ने भएकाले राष्ट्रिय सभा रहेको अवस्थामा महाअभियोग प्रस्ताव पनि जीवित रहने उनले जिकिर गरे । 

गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरुका बीचमा सहमति भइसकेको उनले बताए । कार्यदलले शीर्ष नेताहरुलाई आजै प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए । 
 





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १८:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया