एम्बाप्पे चम्किँदा युभेन्टसविरुद्ध पिएसजीको रोमाञ्चक जित

च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले (पिएसजी) ले जित निकालेको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा घरेलु टोली पिएसजीले इटालीको युभेन्टसविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।

पार्क डेस प्रिन्सेमा पिएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरे । युभेन्टसका लागि वेस्टन म्याकिनीले १ गोल फर्काए । खेलको पाँचौं मिनेटमा एम्बाप्पेको गोलमार्फत पिएजीले अग्रता लिएको थियो । 

२२ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । ५३ औं मिनेटमा म्याकिनीले खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि  थप गोल हुन नसक्दा पिएसजीले रोमाञ्चक जित निकाल्यो ।

जितसँगै पिएसजीले ३ अंक जोड्दा युभेन्टसले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यही समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले इजरायलको मकाबी हाइफालाई २–० ले पराजित गर्‍यो । 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार ८:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया