logo-img

आपूर्तिमन्त्री बडूसहित प्रदेशका मन्त्रीहरुको टिम दार्चुलामा

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहित प्रदेशका मन्त्रीहरुको टिम दार्चुला पुगेको छ । बाढीपहिरोको क्षति अवलोकन गर्न र पीडितका लागि राहतको व्यवस्था गर्न उनीहरु त्यहाँ पुगेका हुन् । 

शुक्रबार राति आएको बाढी पहिरोमा ९ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुर्याएको छ । बाढीपहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
 
दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय पनि बाढीले बगाएको छ । 

दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जीपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ ।  



उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १७:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया