logo-img

म्यादी प्रहरीमा भर्ना खुल्यो, के-के चाहिन्छ योग्यता ?
फाइल तस्बिर

नेपाल प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । 

इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । 

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्वसुरक्षाकर्मी तथा पूर्ववन रक्षकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ । 

आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको हुनुपर्नेछ ।

त्यस्तै, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० किलोग्राम र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ किलोग्राम भएको तथा गर्भवती नभएको हुनुपर्नेछ । 





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ६:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया