देशको समृद्धिका लागि मिलेर अघि बढौँ : उपेन्द्र महतो

गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा. उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।  

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडमीले आइतबार आयोजना गरेकाे  आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको मात्र कुनै अर्थ नहुने बताए । उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई ठूलो महत्व दिन थालेको बताए । 

डा. महतोले विदेशमा संघर्ष गरेर केही हदसम्म नेपालीहरु  स्थापित हुन सकेकोमा खुसी व्यक्त गर्दै  विदेशमा सिकेको ज्ञान सिप अनुभव देशमा लगाउन आग्रह गरे । 

उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, संस्कृति रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए ।  डा. महतोले देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने बताए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापना नै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गर्दै नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे । 

गैरआवासीय नेपाली संघको उपाध्यक्ष महेश श्रेष्ठले संघभित्र वार्षिक बजेटको परिचालनको बारेमा आफ्ना भनाह राखेका थिए । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ६:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया