सन्दीप लामिछानेः कहिले आइपुग्लान् नेपाल ?

नाबालिग किशोरीले बलात्कारको आरोप लगाएपछि निलम्बनमा परेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नेपाल आइपुग्ने पर्खाइमा नेपाल प्रहरी रहेको छ । 

गत बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको नेपाल प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गर्ने तयारी गरेको छ । 

तर, उनी नेपाल कहिले आउने हुन् भन्ने अहिलेसम्म खुलेको छैन । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीप लामिछानेले सामाजिक सन्जालमा आफूमाथि लागेको आरोप खेप्न आफूले लिग छाडेर नेपाल आउने बताएका थिए ।

उनले आफैं नेपाल आउने बताए पछि प्रहरीले उनलाई इन्टरपोलमार्फत् पक्राउ गर्ने प्रक्रियालाई अगाडि बढाएको छैन । 

यता, उनी नेपाल कहिले आइपुग्ने हुन् भन्ने निश्चित छैन । पछिल्ला केही दिन यता नेपाल क्रिकेट एशोसियसनले पनि उनीसँग सम्पर्क नभएको बताउन थालेको छ । 

सन्दीप लामिछानेका म्यानेजरहरुले पनि यसबारे केही बताएका छैनन् । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २०:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया