च्याम्पियन्स लिगमा लिभरकुसेनसँग एथलेटिको पराजित

च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा स्पेनिस क्लब एथलेटिको मड्रिड पराजित भएको छ । ऊ जर्मन क्लब बायर लिभरकुसेनसँग २–० ले पराजित भएको हो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा घरेलु टोलीलाई जित दिलाउन रोबर्ट एन्डरिच र मोसा डियावीले एक/एक गोल गरे । बे एरिना खेलको ८४ औं मिनेटमा एन्डरिचले लिभरकुसेनलाई अग्रता दिलाएका थिए ।

८७ औं मिनेटमा डियावीले गोल गरेपछि घरेलु टोलीले २–० को जित निकाल्यो । यो जितसँगै दुई खेलमा तीन अंक जोडेको लिभरकुसेन दोस्रो स्थानमा छ ।

पराजित एथलेटिको समान खेलबाट समान अंकका साथ तेस्रो स्थानमा रहेको छ  । यही समूहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुगले पोर्चुगिज क्लब पोर्टोलाई ४–० ले हरायो ।   





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ७:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया