खगराज अधिकारीको आरोप : एमालेबाट निर्वाचित सांसदको क्षेत्रमा सरकारले बजेट निकासा गरेन
फाइल फाेटाे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरू निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

प्रतिपक्ष दलमाथि प्रतिशोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे । उनले गुठियारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सोसम्बन्धी विधेयकको विरोध गर्नेहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाबसमेत दिए । 

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भीरतापूर्वक छलफल गरी गुठियारहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १३:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया