logo-img

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको रोमाञ्चक जित

च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । ऊ घरेलु मैदान इतिहाद स्टेडियममा जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्ध २–१ ले विजयी भएको हो । 

निकै रोमाञ्चक बनेको समूह ‘जी’ अन्तर्गतको खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ५६ औं मिनेटमा जुड वेलीङ्घमले  डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा एर्लिङ हालान्डले पूर्व क्लबविरुद्ध गोल गरेपछि घरेलु टोलीले  २–१ को रोमाञ्चक जित निकाल्यो । 

जितसँगै दुई खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा रहँदा परजित डर्टमण्ड समान खेलबाट तीन अंकका साथ दोस्रोमा छ । यही समूहको अर्को खेलमा स्पेनको सेभियाले डेनिस क्लब एफसी कोपेनहेगनसँग गोलरहित बराबरी खेल्यो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार ९:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया