खुट्टीमा झुण्डिएको कोट मञ्चन, अन्तिम दिन शुक्रबार प्रेमको प्रतीक–भगवान कृष्ण

विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ । 

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमाविराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्वारा लिखित तथा शिक्षक रोशन राजवंशीद्वारा निर्देशित नाटक मञ्चन गरेको हो । 

नाटकले मित्रताको कथा मार्फत दाइजोप्रथाविरुद्धमा बोलेको थियो । नाटकमा लेखक यादवसँगै सुवास साह, पवन महात्तो, सरोज मेहता, सविना खातुन, इशु साह, खुशी राजवंशी, कमल मुर्मु लगायत १२ विद्यार्थीले अभिनय गरेका थिए । 

भदौ २२ गतेदेखि सुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । 

यसअघि आयोजकको उद्घाटन नाटक साँढेसँगै, विभिन्न विद्यालयका उद्धारकर्ता विवेक, अँधेरी नगरी, प्रत्यागमन, चोर, भविष्य निर्माण, कोही किन बर्बाद होस् र सुसंस्कृतम् सहित ९ नाटक मञ्चन भइसकेका छन् ।
 
महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । 

विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रंगमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १८:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया