logo-img

लमजुङमा दसैं लक्षित बजार अनुगमन

लमजुङमा दसैं लक्षित बजार अनुगमन भएको छ । लमजुङ सदरमुकाम वेसीशहरमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङको अगुवाइमा बजार अनुगमन गरेको हो  ।

बेसीशहर ७ स्थित मनाङेचौतारादेखि पुरानो बैंक चोक सम्म रहेको किराना तथा तरकारी पसल, सप्लार्यस कोल्ड स्टोर्स, सुपर मार्ट, इलोक्ट्रोनिक्स गरी १६ वटा पसलहरूमा अनुगमन गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन । 

अनुगमनका क्रममा केही किराना पसलहरूमा खाद्य वस्तुहरूमा स्टिकर नराखेको, मूल्यसूची नराखिएको, किराना पसलमा मदिरा  तथा सूर्तिजन्य पदार्थ इजाजत पत्र नलिई बेचबिखन गरेको पाइएको छ । 



अनुगमन टोलीले दर्ता नगरी बिक्रीका राखी राखिएका सुर्ती, चुरोट र मदिरा जफत गरेको छ भने म्याद गुज्रेका सामान समेत जफत गरेको छ । अनुगमन क्रममा व्यापारीहरूलाई मूल्यसूची अनिवार्य राख्न, समयमै पसल नवीकरण गर्न, फलफूल तरकारी बिक्री गर्ने पसलहरूलाई कारोबार थप गर्न निर्देशन दिइएको घरेलु कार्यालयका प्रमुख थापाले बताइन ।

नियम विपरीत सञ्चालन भएको दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालयले एकरएक हजार जरिवाना समेत लगाएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार २१:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया