बिआरआईबाट सहयोगको ठूलो अपेक्षा नराख्नुस्ः पूर्वअर्थमन्त्री पाण्डे
फाइल फाेटाे

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बिआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बिआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका हुन् । 

उनले बिआरआई परियोजनामा चीन आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताए । उनले चीनसँगको बिआरआई सहयोगको जति व्यापक चर्चा भए पनि बिआरआई आउँछ भन्ने आशा नभएको बताए । 

पूर्वअर्थमन्त्री पाण्डेले नेपाल चीनको मनोविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको बताए । 

पाण्डेले नोपलमा अमेरिकी सहयोग एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताए । 

उनले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रको स्वार्थलाई बुझेर मात्रै वैदेशिक लगानीसम्बन्धी नीति बनाउनुपर्ने बताए । उनले विश्वका मुलुक अन्य स्वार्थमा हिँडे पनि नेपालले आफ्नो स्वार्थको लागि सबैसँग वैदेशिक सहयोग लिन सक्नुपर्ने बताए ।



पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताए । उनले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कूटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दुःख पाउने बताए ।
 



  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार २०:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया