धेरै तितो नबोलौँ, सरकार कसरी बन्यो भनेर छाताछुल्लै भइसकेको छ : ओली
फाइल फाेटाे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याए । वर्तमान सरकार संविधान विपरीत रहेको र यो प्रतिगमन भएको पनि दावी गरे । 

यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए । उनले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताए । 

उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लंघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताए । 

उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्समा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरीत परमादेशबाट सरकार गठन हुनुचाहिँ प्रतिगमन नै हो ।’

बैठकमा उनले यो सरकारले भष्टाचारको सन्दर्भमा ‘...भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाए । उनले अब छुट्टिने बेलामा धेरै कठोर नबोल्ने पनि बताए । उनले भने, ‘तितो नबोलौँ तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’



सम्बोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताए । प्रारम्भमा धेरै कानुन संशोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकूल कानुन र अन्य संरचना निर्माण गरेको बताए । 

यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटाबाहेक बाँकीको नामकरणलगायत काम निकै राम्रोसँग गरेको बताए । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताए । 



  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १४:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया