मंसिर ४ को चुनाव अवज्ञा गर्ने नेकपा (बहुमत)को घोषणा

विप्लव समूहबाट छुट्टिएर गठन भएको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिर ४ गते हुने चुनाव अवज्ञा गर्ने घोषणा गरेको छ । सो पार्टीको तेस्रो केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । 

शनिबार राजधानीमा बैठकका निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरे ।

संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको निम्तिभन्दा पनि निजी स्वार्थका निम्ति र राष्ट्रघात गर्ने माध्यम भएको उनको आरोप छ । चुनाव अवज्ञा वा बहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासका लागि तत्काल स्वाधीन संयुक्त सरकारको विकल्पसहित अगाडि बढेको उनले जिकिर गरे ।

उनले विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने कदम राष्ट्रघाती भएको बताए । देउवा सरकारले नागरिकता विधेयक भारतीयको योजनामा ल्याएको उनको आरोप छ । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १८:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया