logo-img

बुन्डेस लिगामा बायर्न अगस्बर्गसँग पराजित

जर्मन बुन्डेस लिगअन्तर्गत आज सम्पन्न खेलमा बायर्न म्युनिखले पराजय बेहोरेको छ । उसले घरेलु टोली अगस्बर्गसँग १–० को पराजय बेहोरेको हो ।

अगस्बर्ग एरिनामा खेलको ५९ औं मिनेटमा मेर्गिस बेरिशले गरेको एक मात्र  गोल घरेलु टोलीलाई जित दिलाउन निर्णायक बन्यो । उनले इयागोको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै सात खेलमा ९ अंक जोडेको अगस्बर्ग ११ औं स्थानमा रहँदा पराजित बायर्न समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ ।



लिगअ​न्तर्गतकै अन्य खेलमा बोरूसिया डर्टमण्ड र फ्रान्कफुर्टले जित हात पार्दा बायर लिभरकुसेन भने बराबरीमा रोकिएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २१:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया