वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । उनको बीएण्डबी अस्पतालको भेन्टिलेटरमा आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो ।  

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई निमोनिया देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा उपचार गरियो र पछि भेन्टिलेटरमा राखिएको थियो । 

सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका कार्यवाहक सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायतकालमा अभिव्क्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनबाट सम्पादन र प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।

२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई ६ महिना हनुमानढोकामा थुनिएको थियो ।   





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ९:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया