ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छ : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाइ आएको हो ।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले टापुको रक्षा गर्ने बताए ।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ । 

चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार ७:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया