logo-img

अहिलेको वरियतालाई स्वीकार्नुको विकल्प छैन : ओसाका

चार पटककी ग्रान्ड स्लाम विजेता जापानी टेनिस स्टार नाओमी ओसाकाले यस वर्ष आफूले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै आफ्नो अहिलेको विश्व वरियतामा सन्तुष्ट नरहेको बताएकी छन् ।

पूर्वविश्व नम्बर एक ओसाका डब्लुटिएको पछिल्लो वरियताको ४८ औं स्थानमा छिन् । जनवरीमा अस्ट्रेलिया ओपनको दोस्रो चरणमा माडिसन ब्रिन्जलमाथि जित निकालेपछि ओसाकाले ग्रान्ड स्लामको कुनै पनि खेल जित्न सकेकी छैनन ।

फ्रेन्च ओपन र युएस ओपनको पहिलो चरणबाट बाहिरिएकी ओसाकाले विम्बल्डनमा भने खेलिन् । गत वर्ष उनले मानसिक थकान भएको भन्दै केही समय टेनिसबाट टाढा रहने घोषणा गरेकी थिइन । ओसाका पछिल्लो समय स्वभाविक लय फर्काउन संघर्षरत छिन् ।



‘एउटा खेलाडी लामो समय स्वभाविक लय भन्दा बाहिर रहनु पक्कै सन्तोषजनक होइन’,उनले भनिन, यसलाई स्विकार गर्न खेलाडीलाई निकै कठिन हुन्छ । म अहिले जुन वरियतामा छु, त्यसमा म सन्तुष्ट छैन । तर यस वर्ष मैले राम्रो खेल्न सकिरहेको छैन । त्यसैले यसलाई स्विकार गर्नुबाहेक मसँग विकल्प पनि त छैन ।’

ओसाकाले समान दुईपटक युएस ओपन र अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । ‘यो वर्ष मेरा लागि राम्रो हुन सकेको छैन,’ उनले भनिन्, ‘तर मैले धेरै कुरा सिक्ने अवसर पाइरहेको छु ।’





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १०:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया