गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको घटना अनुसन्धानका लागि विशेष समिति गठन भएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा म‌ंगगलबार पाँच सदस्यीय समिति गठन भएको हो । 

सोमबार साँझ घरअगाडिको बीच सडकमा लाल मोहम्मदमाथि गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

मोहम्मदको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । गोली लागेर मृत्यु भएका मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए । 

उनी ०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार २०:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया