logo-img

मधेस प्रदेशमा म्यादीका लागि फारम भर्नेहरूको भीड

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै मधेस प्रदेशका जिल्लाहरूमा फाराम भर्नेहरूको भीड लागेको छ । 

प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा भदौ ३० गतेदेखि नै युवायुवतीदेखि कपाल फुलेका, तर ५४ वर्ष ननाघेकाहरूको घुइँचो लागेको देखिएको छ । 

मधेस प्रदेशमा विगत ८ दिनमा ५८ हजार ६८८ जनाले फाराम भरेका छन् । जसमध्ये ४७ हजार ८४० पुरुष र १० हजार ८४८ महिला रहेका छन् । 

सबभन्दा बढी बारा जिल्लामा ७ हजार २३७ पुरुष र २ हजार २१५ महिला गरी कूल ९ हजार ४५२ जनाले फाराम भरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । 

त्यस्तै, सप्तरीमा ६ हजार ५१२ पुरुष र १ हजार ४८० महिला गरी जम्मा ७ हजार ९९२, सिरहामा ४ हजार ९२८ पुरुष र १ हजार १९७ महिला गरी कुल ६ हजार १२५, धनुषामा ५ हजार ८६९ पुरुष र १ हजार ३१ महिला गरी जम्मा ६ हजार ९०० जनाले फाराम भरेका छन् । 

उता, रौतहटमा ६ हजार ३८८ पुरुष र १ हजार ७९ महिला गरी जम्मा ७ हजार ४६७, महोत्तरीमा ५ हजार २५४ पुरुष र १ हजार २३० महिला गरी कूल ६ हजार ४८४, सर्लाहीमा ६ हजार २६५ पुरुष र १ हजार ४५५ महिला गरी जम्मा ७ हजार ७२० र पर्सामा ५ हजार ३८७ पुरुष तथा १ हजार १६१ महिला गरी जम्मा ६ हजार ५४८ जनाले फाराम भरेका हुन् । 



इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराइएको छ ।

म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्ने छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।



  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार २१:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया