काठमाडौं-६ मा चुनाव लड्ने घोषणा गरेका मिया एमाले प्रवेश

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–६ बाट उम्मेदवारी घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् ।

आज एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँलाई पनि एमाले प्रवेश गरेका हुन् । 

मियाले यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनले रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए ।  





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १२:४२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया