दोब्बर शुल्क लिएको भन्दै धनगढीको भाटभटेनीमा सञ्चालित पेपे पिज्जालाई दुईलाख जरिवाना
फाइल तस्बिर

धनगढीमा भाटभटेनी सुपर मार्केट सहित दुई होटललाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले गरेको अनुगमनका क्रममा बजार मूल्य भन्दा बढी मूल्य लिएको भेटिएपछि जरिवाना गरिएको हो ।

भाटभटेनी सुपर मार्केटले सञ्चालन गर्दै आएको पेपे पिजा रेष्टुरेन्टले बजार मूल्य भन्दा झण्डै दोब्बरमा शुल्क लिएको भन्दै वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयले जरिवाना गरेको हो । 

वाणिज्य, आपूर्ति तथा संरक्षण कार्यालयका सूचना अधिकारी ललित पन्तले मंगलबार गरिएको अनुगमनका क्रममा ग्राहकहरुबाट पेय पदार्थ र पानीमा बजार मूल्य भन्दा बढि लिएको पाइएपछि भाटभटेनी सुपर मार्केट र होटललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । 

उनले दिएको जानकारी अनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पीटालीटीलाई पनि दुई/दुई लाख जरिवाना गरिएको छ । उनीहरुले पनि पानी र पेय पदार्थमा बढि मूल्य लिएको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयले जनाएको छ । होटलले २० रुपैयाँ पर्ने पानीको ४० रुपैयाँ लिने गरेको जनाएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १७:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया