गरिबी निवारणमा बीमा कम्पनीको महत्वपूर्ण भूमिका छ : अर्थमन्त्री शर्मा

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ नैनादेवी मार्गमा नेपालको बीमा नियमनकारी निकाय बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन भएको छ । शुक्रबार एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले कार्यालयको उद्घाटन गरेका थिए ।

अर्थमन्त्री शर्माले गरिबी निवारणमा बीमा कम्पनीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकमा रहेको पर्याप्त स्रोत साधनको उपयोग गर्न नसक्दा मुलुकले आर्थिक उन्नति गर्न नसेकेको बताए ।

'यदि किसानले जोखिम लिएर गरेको अन्नबालीको बीमा गरे त्यो क्षति भए बीमा कम्पनीले व्यहोरा छ र किसान घाटामा पर्दैन । उ झन गरिब हुनबाट बच्छ,' उनले भने, 'प्राकृतिक प्रकोपमा पर्न सेक्ने उत्पादनमूलक कार्य गर्ने बेला जोखिम न्यूनीकरणमा बीमाका महत्वपूर्ण योगदान छ ।'

अर्काे प्रसंगमा अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्था सुधारउन्मुख हुँदै गएको बताए । उनले भने, 'केही राजनैतिक दलका नेताहरूले देशको अवस्था श्रीलंका हुँदै छ भनेर भ्रम प्रदा गर्ने खोजे पनि अवस्था त्यस्तो भएको छैन । देशका आर्थिक अवस्था केही बिग्रेको भएपनि सरकारले ल्याएको स्पष्ट मौद्रिक नीतिका कारण अर्थतन्त्र सुधार हुँदैछ,” उनले भने, “सरकारले मात्रै गर्दा अर्थतन्त्र सुधार नहुने हुदाँ यसमा सबैको साथ र सहयोग आवश्यक पर्छ ।' 

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलावलले नेपालका सबै तह–तप्कामा बीमासम्बन्धी सेवा पुगाउनाका लागि प्रदेशमा पनि कार्यालय ल्याएको बताए । उनले यो कार्यालयबाट प्रदेशमा रहेका बीमा कम्पनीलाई प्रवद्र्धन, नियमन, अनुगमन गरी कम्पनीको काम चुस्तदुरुस्त बन्ने विश्वास व्यक्त गरे । उनले कुनै पनि काम वा वस्तुको थोरै रकममा बीमा गरी ठूलो क्षति हुनबाट बीमाले सहयोग पुग्ने बताए ।

त्यस्तै, कार्यक्रममा बीमा समितिका निर्देशक राजुरमण पौडेलले मुलुकमा हुने विभिन्न जोखिममा जनतालाई सहयोग पु¥याउनका लागि बीमा गर्नुपर्ने आवश्यक रहेको बताए । उनले आर्थिक रूपमा जो बीमा गर्न सक्दैन उसको सरकारले बीना गर्नमा सहयोग गर्नुपर्ने बताए । कार्यक्रम बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलावलको अध्यक्षतामा भएको थियो ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १९:५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया