घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ११:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया