logo-img

नेपाली कांग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्यायोः उद्योगमन्त्री बडू


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् । 

मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावलीलगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । 

तत्कालीन सत्तारुढ पार्टीले दुईपटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको उनले बताए । मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए । 

कांग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताउँदै उनले कांग्रेसले नै राजनीतिलाई ठिक ठाउँमा पुर्याएको बताए । नेपाली कांग्रेसले सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको दाबी छ । 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १८:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया