ट्युनिसियाविरुद्ध ब्राजिलको फराकिलो जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले सहज जित निकालेकाे छ । उसले गएरातिकाे खेलमा अफ्रिकी राष्ट्र ट्युनिसियाविरुद्ध ५–१ काे जित निकालेकाे हाे ।

फ्रान्सकाे पार्क डेस प्रिन्सेसमा ब्राजिललाई जित दिलाउन राफिन्हाले दुई तथा रिचार्लिसन, नेयमार र पेड्राेले एक/एक गाेल गरे । ​ट्युनिसियाका मोन्टासर तालबीले एक गाेल फर्काए ।

खेलकाे ११ औं मिनेटमा राफिन्हाकाे गाेलमार्फत ब्राजिलले सुरूवाती अग्रता लिएकाे थियाे । उनले क्यासेमिराेकाे पासलाई सदुपयोग गरे । १८ औं मिनेटमा तालबीले अनिस बेन स्लिमानेकाे पासलाई सदुपयाेग गर्दै खेललाई १-१ काे स्थितिमा ल्याए ।

१९ औं मिनेटमा रिचार्लिसनले राफिन्हाकाे पासमा गाेल गर्दै ब्राजिललाई २-१ ले अघि बढाए । २९ औं मिनेटमा नेयमारले पेनाल्टीमा गाेल गर्दै टाेलीकाे अग्रता दाेब्बर बनाए । ४० औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गाेल गरेपछि ब्राजिलले पहिलाे हाफमै ४–१ काे आरामदायी अग्रता लिएकाे थियाे ।

उनले रिचार्लिसनकाे पासलाई गाेलमा परिणत गरेका हुन् । ४२ औं मिनेटमा डिलन ब्रोनले राताे कार्ड बेहोर्दै मैदान छाडेपछि ट्युनिसिया १० खेलाडीमा समेटियाे । ७४ औं मिनेटमा पेड्रीले गाेल गर्दै ब्राजिललाई ५–१ काे सहज जित दिलाए ।





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ६:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया