नर्वे घरेलु मैदानमै सर्वियासँग पराजित

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा नर्वे घरेलु मैदानमै पराजित भएको छ । ऊ लिग ‘बी’ अन्तर्गत समूह चारको खेलमा सर्वियासँग २–० ले पराजित भएको हो ।

उलेभाल स्टेडियनमा सर्वियालाई जित दिलाउन डुसन भ्लाहोभिच र अलेक्जेन्डर मित्रोभिचले एक/एक गोल गरे । खेलको ४२ औं मिनेटमा भ्लाहोभिचको गोलमार्फत सर्वियाले अग्रता लिएको थियो । 

५२ औं मिनेटमा मित्रोभिचले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसँगै सर्विया ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहँदा पराजित नर्वे समान खेलबाट १० अंकका साथ दोस्रोमा रह्यो ।

लिगअन्तर्गतकै अन्य खेलमा आयरल्याण्ड, कोसोभो र ग्रीसले पनि जित हात पारेका छन् । 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ७:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया