खसी, बोका र च्याङ्‍ग्रा पनि अब सहुलियत मूल्यमा [फोटो फिचर]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्याङ्‍ग्रा सहुलियत मूल्यमा बिक्री गर्न थालेको छ । 

खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्याङ्‍ग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्‍ग्रा १२५० रुपैयाँमा बिक्री गर्न थालेको छ । 

साथै कलङ्कीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेता बीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्याङ्‍ग्रा बिक्री भइरहेका छन् । 

चौपाया खरिद बिक्री सेवा संघले लोकल खसी बोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो । 





 

  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १४:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया