दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस मंसिर पहिलो साता हुने

दोस्रो नेपाल एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ ।  अखिल नेपाल टेबलटेनिस संघको सहयोगमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिता मंसिर १ गतेदेखि ३ सम्म ललितपुरको भैँसेपाटीस्थित आयोजक नेपाल एपीएम क्लबमा हुनेछ 

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको हो । अन्तर्राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने प्रतियोगितामा पुरुष भेट्रान्स सिंगल (४० वर्ष, ५० वर्ष, र ६० वर्षमाथि), पुरुष भेट्रान्स टिम र महिला भेट्रान्स सिंगल (४० वर्षमाथि)  गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो । 

सबै विधाका विजेता र उप विजेताले समान ५० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सेमिफाइनलबाट बाहिरिने ले १० हजार रुपैयाँ पाउने आयोजकले जनाकारी दियो ।

प्रतियोगिताका लागि सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन बापत उसले पाँच लाख रुपैयाँ आयोजकलाई उपलब्ध गराउनेछ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १६:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया