ग्लोबल आइएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा

ग्लोबल आइएमई बैंकलाई आइएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधबार काठमडौंमा आयोजित एक कार्यक्रमबीच विश्व बैंक समूहको सदस्य आइएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी) अन्तर्गत क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता भएको हो । 

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो कार्यक्रम नेपालजस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ति गर्ने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ । 

यो परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत बैंकले अपेक्षा गरेको छ । कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नुका साथै द्विपक्षीय करेस्पोन्डेण्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउने बैंकले विश्वास लिएको छ । 

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । ग्लोबल आइएमई बैंक र आइएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आइएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार २१:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया