प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-१ बाट उम्मेदवारी दिने रवीन्द्र मिश्रको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवारी दिने भएका छन् ।

राप्रपासँग एकता गरेको दुई दिनपछि शुक्रबार मिश्रले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए  ।  

मिश्र २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए । 

विजयी भएका नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मत प्राप्त गरेका थिए । 





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १३:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया