जमैकाले तेस्रोपटक जित्यो सिपिएलको उपाधि

क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ को उपाधि जमैका तलावाजले जितेकाे छ । उसले फाइनलमा बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै तेस्रोपटक उपाधि जितेको हाे। जमैकाका यसअघि २०१३ र २०१६ मा विजेता बनेकाे थियाे ।

१६२ रनको लक्ष्य जमैकाले १६.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायाे । जमैकाका ओपनर ब्रेन्डन किंगले ५० बलमा १३ चौका र २ छक्कासहित अविजत ८३ रनको पारी खेले । सम्रराह ब्रुक्स ३३ बलमा ६ चौका र २ छक्कासहित ४७ र कप्तान रोभमन पावेलले अविजत १४ रन बनाए ।

बार्बाडोसका काइल मेयर्स र जेसन होल्डरले एक एक विकेट लिए । त्यसअघि गुयानस्थित प्राेभिडेन्स  स्टेडिडममा टस जितेर ब्याटिङ रोजेको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएकाे थियाे ।

बार्बाडोसका आजम खानले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए ।  रहकिम काेर्नवालले ३६, कप्तान काइल मेयर्सले २९ र जेसन हाेल्डरले १७ रन जाेडे ।

जमैकाका फावियन एलन र निकोलसन गोर्डनले ३/३ तथा इमाद वासिमले १ विकेट लिए ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १०:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया