एमाले मधेस प्रदेशको जिम्मेवारीमा हेरफेर

नेकपा एमाले मधेस प्रदेशले निर्वाचनलाई केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरूले असन्तुष्टि जनाए पनि सबै जिल्लामा सम्बन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेस प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये  महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दाबी गरेता पनि असन्तुष्ट केही नेताहरूले त्यसो विरोध गरेका छन् ।

क्षेत्र न.१ को  क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ ।

यसै गरी अखिल नेपाल महिला संघ मधेस प्रदेश प्रमुखमा शरदादेवी थापालाई दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेस प्रदेश प्रमुखमा शान्त परियारलाई मनोनीत गरिएको छ भने  भानुभक्त पोखरेललाई जन सांस्कृतिक महासंघ  मधेस प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाई प्रेस चौतारी नेपाल मधेस प्रदेश प्रमुखमा  र गुन्ज खड्कालाई सुकुम्वासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशबाट निर्णयभएसँगै  शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एक/एक  जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् । 





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १७:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया