कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल राना रहेका छन् । 

प्रहरीका अनुसार गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा गएराति ११ बजे ​से ७ प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएको थियो । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १०:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया