ओलीले दिएनन् भीम रावललाई टिकट
फाइल तस्बिर

यस पटकको प्रतिनिधिसभा उम्मेदवारका लागि नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई अघि बढाएको हो ।

एमालेको टिकट वितरणको अधिकारसमेत पाएका पार्टी अध्यक्ष केपी ओलीले बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् । 

अछाम जिल्ला कमिटीले भीम रावललाई सर्व सहमत एकल सिफारिस गरेको भएपनि ओलीको रोजाइमा भने बोहरा परेका हुन् । 





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १७:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया