मधेस प्रदेशसभाको पाँच वर्ष : २२८ वटा बैठक, ३११ घण्टा छलफल
फाइल तस्बिर

मधेस प्रदेशको प्रदेश सभामा विगत पाँच वर्षमा २२८ वटा बैठक बसेका छन् । २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेश सभाको २०७९ असार ३२ गतेसम्मको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बसेको सभामुख सरोजकुमार यादवले जानकारी दिएका हुन् ।

कूल ९ वटा अधिवेशनमा २२८ वटा बैठक बस्दा ३११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेश सभा सञ्चालन भएको उनले बताए । हाल सम्म भएको कुल २२८ मध्ये जनता समाजवादी पार्टीका सांसद बच्चा राउत अहिर सबैभन्दा बढी २१८ वटा बैठकमा उपस्थित भएका छन् । 

नेपाली कांग्रेसकी प्रमीला देवी दास २१३, लोकतान्त्रिक समाजवादी पार्टीकी बविता कुमारी २१२, जसपाका अशोक कुमार यादव २१० र लोसपाका गौरी नारायण साह तेली २१० वटा बैठकमा उपस्थित भएका हुन् । त्यस्तै, दुई जना सांसदहरू एक सयभन्दा बढी पटक बोलेका छन् । प्रदेश सभा सचिवालयका अनुसार सबैभन्दा बढी नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले १४० पटक सदनमा बोलेका छन् । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साह सुडीले सदनमा १०१ पटक आफ्नो धारणा राखेका छन् । जनता समाजवादी पार्टी नेपालका सांसद ज्ञानेन्द्र कुमार यादव ९० पटक, रामअशिष यादव ८० पटक सदनमा बोलेका छन् भने नेकपा एमालेबाट सांसद बनी नेकपा एसमा गएर पुनः एमालेमै फर्केका सुन्दरबहादुर विश्वकर्माले समेत संसदमा ८० पटक बोलेका छन् । 





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १९:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया