logo-img

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो । 

भेटमा सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्त्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रूपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए । सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना पनि व्यक्त गरे । 

बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् । 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १२:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया