रावललाई उम्मेदवार नबनाएको भन्दै एमाले अछाम संयोजक शाहले दिए राजीनामा

नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । 

जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो । 

कमिटीको सिफारिस विपरित केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका आधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएको जनाएका छन् ।

एमालेले रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई अघि बढाएको हो । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् । 

अछाम जिल्ला कमिटीले भीम रावललाई सर्व सहमत एकल सिफारिस गरेको भएपनि पार्टी अध्यक्ष केपी ओलीको रोजाइमा भने बोहरा परेका हुन् ।  





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १३:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया