अग्निप्रसाद सापकोटाले उम्मेदवारी नदिने
फाइल तस्बिर

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । तीन पटक लगातार प्रतिनिधिसभामा पुर्याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । उनले यसअघि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट जितेका थिए । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए । 





  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १५:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया